दफा ४२
कानूनी व्यक्तिले सक्षमता प्राप्त गर्ने

(१) कानून बमोजिम संस्थापना भएको सङ्गठित संस्थाले कानूनी व्यक्तित्व प्राप्त गर्नेछ र सोही हैसियतमा कानूनी सक्षमताप्राप्त गर्नेछ ।
(२) उपदफा (१) बमोजिम कानूनी सक्षमता प्राप्त गर्नको लागि कुनै संस्था कानून बमोजिम दर्ता भएको हुनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम दर्ता हुनका लागि कानूनमा छुट्टै व्यवस्था भएकोमा बाहेक देहायका कुरा खुलाई सम्बन्धित अधिकारीसमक्ष निवेदन गर्नु पर्नेछ:–
(क) सङ्गठित संस्थाको नाम,
(ख) सङ्गठित संस्थाको प्रधान कार्यालय र त्यस्तो कार्यालय रहने ठेगाना
(ग) सङ्गठित संस्थाको उद्देश्य तथा कार्यहरू,
(घ) सङ्गठित संस्थाको पूँजीगत संरचना रहने भए त्यसको विवरण,
(ङ) अन्य आवश्यक विवरण ।
(४) उपदफा (२) बमोजिम संस्था दर्ता भएपछि त्यस्तो संस्था संस्थापना भएको मानिनेछ।
(५) कानूनी व्यक्तिको सङ्गठित व्यक्तित्व (कर्पोरेट पर्सनालिटी) हुनेछ र आफ्नो काम कारबाहीको लागि छुट्टै छाप प्रयोगगर्नेछ ।
(६) यस दफा बमोजिम संस्थापित संस्था अविच्छिन्न उत्तराधिकारवाला एक स्वशासित र सङ्गठित संस्था हुनेछ र कानूनकोअधीनमा रही सोही हैसियतमा व्यक्ति सरह देहायको काम गर्न सक्नेछ :–
(क) सम्पत्ति प्राप्त गर्न, राख्न, आर्जन गर्न, भोगचलन गर्न, बेचबिखन गर्न वा अन्य कुनै किसिमले व्यवस्थापनगर्न,
(ख) करार गर्न, करार बमोजिमको अधिकार प्रयोग र दायित्व निर्वाह गर्न वा अन्य कुनै किसिमबाट कुनै किसिमको हकवा दायित्व स्वीकार गर्न,
(ग) आफ्नो काम, कारबाही वा व्यवसाय सञ्चालन गर्न आवश्यक विधान वा विनियमावली बनाउन,
(घ) आफ्नो कार्य सम्पादन गर्न कानूनको अधीनमा रही कर्मचारी नियुक्ति गर्न,
(ङ) आफ्नो विधान तथा विनियमावलीको अधीनमा रही शाखा वा अन्य कार्यालय खोल्न,
(च) कुनै बैङ्क वा वित्तीय संस्थामा खाता खोल्न र खाता सञ्चालन गर्न,
(छ) कानून बमोजिम अन्य कार्य गर्न ।
(७) कानूनी व्यक्तिले आफ्नो नामबाट नालिस वा अन्य कानूनी कारबाही गर्न वा त्यस्तो व्यक्ति उपर पनि सोही नामबाट नालिसवा अन्य कानूनी कारबाही गर्न सकिनेछ ।